कैलालीका सात स्थानीय तहबाट मालपोतको काम हुने

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः मालपोतको काम अब स्थानीय तहबाटै हुने भएको छ। स्थानीय तहबाटै जग्गा प्रशासन सम्बन्धी काम गर्न धनगढी उपमहानगरपालिकामा भू–सूचना प्रणाली सम्बन्धित तालिम सुरु भएको हो।

स्थानीय तहबाटै जग्गा सम्बन्धी काम गर्न कैलालीान सात स्थानीय तहका कर्मचारीलाई सङ्घीय भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले सोमवार र मङ्गलवार दुई दिने तालिम दिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका, गोदवारी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी, भजनी लम्कीचुहा र टीकापुर नगरपालिकाका कर्मचारी तथा कञ्चनपुर जिल्ला अन्तर्गतका स्थानीय तहहरूलाई जग्गा प्रशासन तथा भू सूचना प्रणाली सम्बन्धित तालिम दिइएको छ।

भूमिव्यवस्थापन तथा अभिलेख विभाग बबरमहल आयोजना तथा धनगढी उपमहानगरपालिका कैलालीको सहकार्यमा मालपोतबाट प्रदान गरिने जग्गा प्रशासनको काम स्थानीय तहबाटै सुचारु गर्न तालिम प्रदान गरिने लागिएको विभागका प्रवक्ता तथा निर्देशक हरिप्रसाद पन्तले जानकारी दिएका छन्।

मालपोतबाट प्रदान गरिदै आएका लिखतपारित र नामसारी सेवा स्थानीय तहबाट सुरु गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्।

तालिममा मालपोत र स्थानीय तहमा ४३ जना कर्मचारीको सहभागिता रहेको थियो। तालिमपछि भूमि प्रशासन सम्बन्धी केही सेवा स्थानीय तहबाटै दिइने बताइएको छ।

 


भर्खर

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८