सुदूरपश्चिममा निर्वाचन गराउन साढे २० हजार प्रहरी खटिदै

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिममा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन २० हजार ८२२ जना प्रहरी जनशक्ति खटिरहेका छन्। भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गराउनका लागि ठुलो सङ्ख्यामा प्रहरी जनशक्ति खटिरहेका हुन।

जसमा सात हजार १६८ नेपाल प्रहरी र १३ हजार ६५४ निर्वाचन प्रहरी रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

निर्वाचन सुरक्षाका लागि धेरैजसो प्रहरी परिचालन भइसकेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले बताए। फागुन १५ गतेसम्म नेपाल प्रहरी खटनपटनको काम हुने उनले बताए।

कैलालीमा सबैभन्दा बढी एक हजार ७४६ नेपाल प्रहरी र तीन हजार ५७६ जना निर्वाचन प्रहरी खटिरहेका छन्। यसैगरी, कञ्चनपुरमा नेपाल प्रहरी एक हजार नौ निर्वाचन प्रहरी दुई हजार ३५, डोटीमा नेपाल प्रहरी ५९२ निर्वाचन प्रहरी एक हजार ४०, अछाममा नेपाल प्रहरी ६८० र निर्वाचन प्रहरी एक हजार ४६३ जना खटिरहेका छन्।

यस्तै, बाजुरामा नेपाल प्रहरी ४२७ निर्वाचन प्रहरी ९६४, डडेल्धुरामा नेपाल प्रहरी ४९६ निर्वाचन प्रहरी ९४४, बझाङमा नेपाल प्रहरी ६५० निर्वाचन प्रहरी एक हजार ४८४, बैतडीमा नेपाल प्रहरी ६५४ निर्वाचन प्रहरी एक हजार २७९ जना र दार्चुलामा नेपाल प्रहरी ५२३ निर्वाचन प्रहरी ८८४ जना खटिरहेका छन्।

अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको यो प्रदेशमा धेरैजसो मतदानस्थल अति संवेदनशील सूचीमा छन्। सुरक्षा संवेदनशीलताको अवस्थालाई मध्यनजर गरेर केन्द्रको सुरक्षा नीतिलाई फेरबदल गरी चारदेखि ६ जनासम्म थप प्रहरी जनशक्ति खटाएको सूचना अधिकारी विष्टले बताए।

सामान्य अवस्थाको मतदान स्थलहरूमा ८ देखि १० जनासम्म प्रहरी सुरक्षाकर्मी खट्ने जनाइएको छ।

पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी बल र अन्तिम सुरक्षा घेरामा नेपाली सेना राखेर निर्वाचन सफल पारिने जनाइएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका