कैलालीमा ‘च्याम्पियन्स-३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी

Monday February 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ।

सन् २०३६ मा टी –२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरू तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो। क्रिकेटको सहर धनगढीबाट अभियान सुरु भएको छ । सुरुवाती चरणमा उक्त अभियान अन्तर्गत गो ड्रिमर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्य घोषणा भएको छ।

ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले दस वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गरे। ‘यस अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

यसलाई देशभरि नै अभियानको रूपमा सञ्चालन गरिने शाहीले बताए। धनगढीमा एकातिर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको इआइए समेत सम्पन्न भई निर्माणको चरणमा अघि बढिसकेको अवस्थामा सुरु भएको यस अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रदेशभरि खेल विकास कार्यक्रम सञ्चालन गर्दैआएको गो ड्रिमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो। नेपाल सुपरलिगको प्रमुख क्लब धनगढी एफसी गो ड्रिमर्सकै स्वामित्वमा रहेको छ। यसका साथै, गो ड्रिमर्स प्रतिष्ठित अर्जुन ट्रफीको आयोजक संस्था पनि हो। यसअघि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गो डिमर्सले धनगढीको फूलबारी र जुगेडामा पनि ग्रासरुट लेभल क्रिकेट परियोजना सञ्चालन छ।

कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गरे। ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था हो। यस संस्थाले अब खेल विकासमार्फत पनि युवा सशक्तीकरणमा योगदान गर्ने प्राचार्य सञ्जय पन्तले बताए।

प्रशिक्षण कार्यक्रम अन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइने छ। खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ।


भर्खर

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।

हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको