सुदूरपश्चिम र गण्डकीलाई हक्की उपाधि

Sunday February 22, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : सुदूरपश्चिम र गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ। सुदूरपश्चिम पुरुष र गण्डकी महिलामा च्याम्पियन बनेको हो।

नेपाल हक्की सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा पुरुषतर्फ फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले। सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले नौ अङ्क जोडे । कोशी प्रदेश ६ अङ्कसाथ तेश्रो भयो।

यस्तै महिलामा गण्डकी १२ अङ्कसाथ पहिलो, सुदूरपश्चिम नौ अङ्कसाथ दोश्रो तथा मधेश प्रदेश ६ अङ्कसाथ तेश्रो भयो । पुरुष र महिला दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाए।

पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका सङ्गम घर्तीमगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बने।
महिलामा गण्डकीकी अङ्किता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी चुनिए। सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बने।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरेका छन। पुरुष-महिलामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान पाँच पाँच प्रदेश टिम सहभागी थिए।

फागुन ४ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरुष र महिलाको राष्ट्रिय टोली बनाउन लागेको नेपाल हक्की सङ्घले जनाएको छ।

राष्ट्रिय टोलीका खेलाडीलाई भारतको हक्की सङ्घको सहयोगमा भारतका तीन महिना तयारीका लागि पठाइने र त्यसपछि एसिया कप छनोटमा प्रतिस्पर्धा गराइने सङ्घको लक्ष्य छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।