रास्वपाले निर्वाचन बिथोल्न खोज्यो : एमाले

Saturday February 21, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ। शनिवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने देखिएपछि रास्वपा उच्छृङ्खल गतिविधिमा लागेको दाबी गरेको हो।

एमाले निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना गरिएको बताए। देशभर एमालेको झण्डा र प्रचार सामग्री जलाउने तथा समुदायबीच द्वन्द्व फैलाउने गतिविधि तीव्र बनेका छन्। ‘निर्वाचन बिथोल्न रास्वपाले एमालेको झण्डा जलाउने र घृणा फैलाउने कार्य गरिरहेको छ,’ शाहीले भने, “शान्ति-सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको छ ।“

शाहीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउनेबीचको जनमत सङ्ग्रह’ का रूपमा लिएको उल्लेख गरेका छन। कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, भ्रमपूर्ण सर्वेक्षण सार्वजनिक गरी मतदातालाई प्रभाव पार्न खोजिएको उनको आरोप छ।

‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपा चुनाव भाँड्न सक्रिय भएको पुष्टि हुन्छ,’ शाहीले थपे, “रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु यसैको परिणाम हो। यस्तो अवस्थामा स्वच्छ र भयरहित मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकारको हो।’

एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै निर्वाचन आयोगको उदासीनताप्रति पनि आपत्ति जनाएको छ। होली पर्वको अवसरमा अमुक दलको चुनाव चिह्न अङ्कित टिसर्ट वितरण गरिएको दाबी गर्दै एमालेले निष्पक्ष वातावरण निर्माण गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको छ।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ