कैलालीमा क्रेनको ठक्करबाट वृद्धको मृत्यु

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा क्रेनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा सुदूरपश्चिम प्रदेश ०१–००१ क १७९९ नम्बरको क्रेनले ७० वर्षीय श्रीधर खनाललाई ठक्कर दिएको हो।

नेपाल प्रहरीले गौरीगंगा नगरपालिका–४ का खनालको बुधवार दिउँसो निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताएको छ। साइकल यात्री खनाललाई क्रेनले ठक्कर दिएपछि गम्भीर भाइते भएका थिए। क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।