यिनीहरूको सटर बन्द गर्नु पर्छ, कि हाम्रो सटक बन्द गर्नुस्ः रवि लामिछाने

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरूको सटर बन्द गर्ने बताएका छन। धनगढीमा बुधवार भएको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै पूर्व उप–प्रधान तथा गृहमन्त्रीसमेत रहेको लामिछानेले जनताको अधिकार र मागलाई वर्षाैदेखि मुद्दा बनाएका राजनीतिक दलहरूको सटर बन्द गर्ने बताएका हुन्।

उनले भने, ‘जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षाैदेखि अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त, एउटा बन्द हुनै पर्छ। कि, यिनीहरूको सटर बन्द गर्नुपर्छ। कि हाम्रो सटक बन्द गर्नुहोस्। कुशासनको सटर बन्द गर्ने हो। बेथितिको सटर बन्द गर्ने हो। बेरोजगारी, अशिक्षाको सटर २१ गते बन्द गर्ने हो। भूमिहिनको समस्या आएको छ। यहाँ धेरै एजेन्डाहरू आएका छन। वर्षाैदेखि मुद्दा बनाएका छन। भोट बैँक बनाएका छन्।’

रास्वपाका सभापति लामिछानेले मनपत्रमा छाप लगाए झै फागुन २१ गते मनपत्रमा पनि छाप लगाउन आग्रह गरेका छन्। उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ। अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ। अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ।’

लामिछानेले जनताको माग पूरा गर्न रास्वपालाई बहुमत दिन अपिल गरेका छन्। उनले प्रत्यक्ष र समानुपातिक दुबै मत यो पटक रास्वपालाई दिन आग्रह गर्दै पार्टीले पाएको मतको कदर गर्दै जनताको सबै माग पूरा गर्ने बताएका छन्।

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे। यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर यहाँका समस्या हल गर्न र देशको परिवर्तनमा सहभागी हुन घण्टीमा भोट दिन लामिछानेले अनुरोध गरेका छन्। उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरेका छन्।

लामिछानेले सिंहदरबार बदल्न रास्वपालाई भोट गर्न आग्रह गरेका छन्। उनले २५ वर्षसम्म सपनामा डोजर चलाउनेहरू भोट चोर्न आउलान् भन्दै पुराना दलहरू प्रति कटाक्ष गरेका छन्।

 


भर्खर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको