डडेल्धुरामा ट्याक्टर दुर्घटना, एककाे मृत्यु

Monday February 16, 2026

पढ्न लाग्ने समय :


धनगढी :  डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
आइतवार राति अजयमेरु गाउँपालिका-२ स्थित चमडा डडेल्धुरा पक्की खण्डमा सडक चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ५.०१००२त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ बाणीका २० वर्षीय सन्दिप चौधरी घटनास्थलमै मृत्यु भएको हाे।  दुर्घटनामा कृष्णपुरकै २० वर्षीय जोन चाैधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन्। उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका