धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

Saturday February 14, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ।

सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले बताए।

शाहले भने, “फागुन ३ गते बिहान ४ बजे मन्दिरका चारै ढोका खुला गरी विधिवत् पूजा प्रारम्भ गरिनेछ। बिहान ८ः३० बजेदेखि बेलुकी ४ः३० बजेसम्म पूर्णआहुती सहित तिलक तथा प्रसाद वितरण गरिने कार्यक्रमसँगै बेलुका ४ बजे ५१ लाख बत्ती प्रज्वलन गरिने छ।”

 

बेहडाबाबा मन्दिरमा नेपाली मात्र नभएर भारतीय तीर्थालुहरू ठुलो सङ्ख्यामा भारतबाट पैदल यात्रा गरेर  पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन्।  धार्मीक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका