कैलालीमा एक सय २६ मतदाता शिक्षा स्वयम् सेवक खटिदैँ

Friday February 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैँछन्।

निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो।

यहाँ १२६ वटा वडा कार्यालयहरू रहेका छन्। प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक खट्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले बताए।

मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ। छनोट भएका स्वयम् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ। उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुकासाथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने सूचना अधिकारी चौधरीले बताए।

मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमुना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ। फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।