बैतडीमा बसको ढोकाबाट खसेर वृद्धाको मृत्यु

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा बसको ढोकाबाट खसेर एक वृद्धाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहिवार साँझ बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ।

भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने बताइएको छ। बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।