शिवगंगा नदीमा अवैध उत्खनन गर्ने डोजर प्रहरीको नियन्त्रणमा

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको शिवगंगा नदीमा अवैध उत्खनन गर्ने डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले गौरीगंगा नगरपालिका क्षेत्रमा पर्ने शिवगंगा खोलामा अवैध रूपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका २ वटा डोजर नियन्त्रणमा लिएको हो।

डोजरहरु आवश्यक कारबाहीका लागि गौरीगंगा नगरपालिका कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

प्रहरीका अनुसार सो क्षेत्रमा इजाजत बिना वातावरणीय प्रभाव मूल्याङ्कन नगरिएको क्षेत्रमा अवैध रुपमा डोजर प्रयोग गरेर उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

गौरीगंगा नगरपालिका क्षेत्रका नदीहरुमा यस अगाडि पनि अवैध उत्खनन हुने गरेको छ। केही समय अगाडी मालाखेती प्रहरीले २ वटा टिप्पर र एक डोजर लाई कारबाही गरेको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।