कञ्चनपुरमा एक पुरुषको मृत्यु

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढी: कञ्चनपुरकाे बेदकोट नगरपालिका–६ सिसैया स्थित चौधर नदीको पक्की पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ।

मङ्गलवार बेदकोट नगरपालिका–१० हरपल बस्ने ३५ वर्षीय विनोद चौधरीले पुलबाट हाम फालेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको टोली घटनास्थल पुगेको थियो। गम्भीर अवस्थामा भेटिएका उनलाई तत्काल एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर