दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरीको हत्या 

Tuesday February 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : दार्चुलामा श्रीमती जिस्काएकाे निहुँमा प्रहरीकाे हत्या गरिएकाे छ। जिल्लाकाे महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको हाे। उक्त घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन्।

घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएकाे छ।

 घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार भएका छन्। फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठो श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।
पक्राउ परेकी दिपिका पाल भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए।

पक्राउ परेकाहरुले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएपनि त्यसको सत्यापन परीक्षणको काम भइरहेको जनाएको छ। घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।

घटनापछि फरार रहेकाहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका