कैलालीको अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।

बिहीबार ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका– १ मनहरामा भएको दुर्घटनामा साइकलमा यात्रा गरिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेतीमा प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१०११ प ८५८५नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका– ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन्।

उनीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ रोड क्रम गर्ने क्रममा धनगढीबाट अत्तरिया तर्फ जाँदै गरेको मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।