बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार चन्द दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर मङ्गलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा खरकटे सल्लेरी भिरबाट लड्नुभएको थियो।

करिब दुई सयदेखि २५० मिटर तल खसेको अनुमान गरिएको छ । घटनापछि स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल बैतडी पु¥याए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

हाल मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।