धनगढीमा निजी क्षेत्रको लगानीमा क्रिकेट मैदान निर्माण सुरु

Tuesday February 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीमा निजी क्षेत्रबाट क्रिकेट मैदान निर्माणको थालनी गरिएको छ।

धनगढी उपमहानगरपालिका– ३ फाप्ला मैदान नजिकै पाँच बिगा क्षेत्रफलमा क्रिकेट मैदान निर्माणका लागि शिलान्यास गरिएको हो।

फाप्ला खेलग्रामका अध्यक्षसमेत रहेका सुवाश शाही र मोहन साउँदको लगानीमा क्रिकेट मैदानसहित पार्क निर्माणको शिलान्यास गरिएको छ। शाहीका अनुसार मैदानमा छ वटा पिच बनाइने छ। क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनसार नै ६५ देखि ७५ मिटरसम्मको बाउण्ड्री रहने शाहीले बताए। पर्खाल निर्माणदेखि मैदान सम्याउने सम्मको काम सम्पन्न भइसकेकोमा सोमवारदेखि पिच निर्माणको काम सुरु गरिएको शाहीले बताए। रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार गरेका क्युरेटर माधव पाठकले पिच निर्माण गरिरहेका छन्।

शाहीका अनुसार धनगढी ओभलमा चरणबद्ध रुपमा पूर्वाधार विकास गरिने छ। ‘यो केवल मैदान निर्माण मात्र होइन, यो ग्रासरुट सशक्तीकरण तथा खेल पर्यटन प्रवर्धनका लागि पनि हो,’ शाहीले भने, ‘आर्थिक गतिविधि विस्तार र सुदूरपश्चिमको खेल पहिचानलाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्ने साझा अभियान पनि हो।’

पहिलो चरणमा पिच निर्माण, इरिगेसन र ड्रेनेज प्रणाली जडानको काम भइरहेको शाहीले बताए। ‘दोस्रो चरणमा पवेलियन, चेन्जिङ रुम तथा नेट अभ्यास गर्ने ठाउँ तयार गरिने छ,’ शाहीले भने, ‘तेस्रो चरणमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको काम सँगै मैदानको बाहिरपट्टीको भागमा फुड कर्नरदेखि अन्य व्यावसायिक स्टलहरू पनि तयार गरिने छ।’

क्रिकेटका पूर्वखेलाडीसमेत रहेका शाही क्रिकेट विकासका अभियान्ताका रूपमा परिचित छन्। उनकै अगुवाईमा धनगढीमा एसपीए कपको थालनी गरिएको थियो। नेपालमा पहिलोपटक अक्सन बेसमा आधारित धनगढी क्रिकेट लिग पनि शाहीले नै आयोजना गरेका थिए। उनकै अग्रसरतामा धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताको पनि आयोजना भएकोमा पछिल्लो समय शाहीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।