कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Tuesday February 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : ः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिक – ७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा भजनीतर्फ आउँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रलीमा सवार भजनी नगरपालिका– ७ चर्राका २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।