सुदूरपश्चिमका चार जिल्ला अतिसंवेदनशील 

Tuesday February 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः  सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ। विगतका निर्वाचनका घटनाहरूलाई आधार मानेर बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंवेदनशील जिल्लाको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ती जिल्लाका मतदानस्थल र मतदान केन्द्रमा कडाइका साथ सुरक्षा व्यवस्था लागू गरिनेछ।यसैबीच, प्रदेशको चुनाव केन्द्रित सुरक्षा अवस्थाको समग्र विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठको नेतृत्वमा विशेष टोली धनगढी पुगेको छ। प्रहरी प्रधान कार्यालयले पठाएको उक्त टोलीले प्रदेशको सुरक्षा अवस्था मूल्यांकन गर्दै जनशक्ति परिचालनलगायतका विषयमा अध्ययन गर्नेछ।

चुनावी सुरक्षाका लागि प्रदेशभर सात हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। यसअन्तर्गत ७ हजार ५८ जना नेपाल प्रहरी, १३ हजार ६६९ जना निर्वाचन प्रहरी र १ हजार ५१९ जना सशस्त्र प्रहरी परिचालन गरिनेछ।

सुदूरपश्चिममा कुल एक हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ३०० मतदानस्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील छन्। मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा परेका छन्। सुरक्षा मापदण्डअनुसार सामान्य मतदान केन्द्रमा पाँच, संवेदनशीलमा छ र अतिसंवेदनशील मतदान केन्द्रमा १० जना प्रहरी परिचालन गरिनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।