बाजुराको छेडेदह ताल हिउँको घुम्टोमा मुस्कुराउदै
पढ्न लाग्ने समय :
बाजुरा : बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा परेको छ।
प्रकृतिको उपहार रहेको यो लात आफैमा निकै सौन्दर्यता छ। त्यसैमा यती बेला यहाँ परेको बाक्लो हिमपातको कब्जामा परेपछि झनै मुस्कुराई रहेको छ। यसरी मुस्कुराइरहेको यो तालले यती बेला पछिल्लो यहाँका आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिने गरेका छन्।
तीर्थस्थल समेत रहेको यो तालमा अहिले आन्तरिक तथा बाह्पर्यटकहरु भित्रिने क्रम निकै बढ्दै गएको छ। अहिले यहाँ आउने गरेका पर्यटकहरु तालको वरिपरि देउडा खेल्ने नाचगान गर्ने गर्दछन्। गत मङ्गलबार बेलुकी यहाँ बाक्लो हिमपात परेपछि अहिले यो ताल हिउँको कब्जामा परेको हो।
ताल हिउँको कब्जामा परेपनि निकै मुस्कुराई रहेको छ। ताल यसरी हिउँको घेरामा परी मुस्कुराइरहेकोले यती बेला यहाँ आउने गरेका जो कोही लोभिने गरेका छन्।
यती बेला ताल बाहिर र ताल भित्रमा समेत हिउँ देखिने गरेको छ । बाहिर हिउँको छाया भित्र तालमा पर्ने गरेकोले अहिले यो तालमा भित्र र बाहिर दुबै ठाउँमा हिउँ देखिने गरेको हो। अहिले यहाँ आउने जो कोही यो ताल हेर्दा निकै अचम्म पर्ने गरेका छन्
हिउँदे हिमपातले सेताम्य र वर्खाको समय यसको चारै तिरको हरियालीले यो महिमा निकै बढ्ने गरेको छ। आफैँमा निकै सौन्दर्यता देखिने यो ताल पछिल्लो समय यहाँ आउने गरेका सबैको रोजाईमा पर्ने गरेको हो। यो ताल बाजुरा देखि छिमेकी जिल्ला बझाङ्ग जाने बीच बाटोमा पर्ने गर्छ ।
बाजुराका जिल्लाको एक प्रकृतिको उपहारको रुपमा रहेको यो ताल संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ। समयमै यो तालको संरक्षण तथा प्रवद्धन गर्ने हो भने यो तालबाट नै यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने स्थानीय बिमल रावतले बताए।
यती बेला यहाँका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो चुनावी अभियानको मैदानमा छन्। यहाँका नाईना , सुदारा , ओलीगाउँ , आटीचौर, बुढावाडा , लम्गाउँ हुँदै डोगडी जाने बीच बाटोमा रहेको यो तालमा उनीहरु गाडी रोकेर यो फोटा लिने गर्छन्। यो ताल संरक्षण तथा प्रवर्धन गर्ने कार्य यती बेला आफ्नो पार्टीको पहिलो प्राथमिका रहेको उम्मेदावर बताउँछन्।
यो ताल यहाँका स्थानीय बीच लामो समय सम्म विवादमा रहेको छ। त्यो विवाद अहिले पनि टुङ्गिएको छैन । अर्को तर्फ यो ताल केही वर्ष यता पहिरोको उच्च जोखिममा पनि छ।
अहिले यो ताल पहिरो समेत उच्च जोखिममा रहेकोेले त्यसबाट बचाउँन सकेपछि मात्र यसको विवादित विषयको पनि टुङ्गो लाग्छ। त्यसैले अहिले यो तालको वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गर्ने गरी संरक्षण तथा प्रवर्धन कार्यलाई अगाडी बढाउने योजना रहेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।