बाजुराबाट डोटी हिडे बालेन
पढ्न लाग्ने समय :
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बाजुराबाट डोटी तर्फ हिडेका छन। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाहरूमा बालेन शाह पुगेका हुन्।
बालेनले तीन दिनमा मात्रै १३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेका छन्। मंगलबार कैलाली कञ्चनपुरका ८ निर्वाचन क्षेत्रमा पुगेका उनी बुधवार सुदूरपश्चिमका पहाडी जिल्लाका ४ निर्वाचन क्षेत्रमा पुगेका थिए। बुधवार उनी एक÷एक निर्वाचन क्षेत्र रहेका डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ पुगेका थिए। बिहिवार बझाङबाट बाजुरा पुगेर डोटीका लागि फर्किएका छन्।
बुधवार बिहान डडेल्धुुरा पुगेका उनले पार्टी कार्यालय तुफान डाँडामा पुगेका त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए। रास्वपाका नेता तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ताराप्रसाद जोशीले बालेनको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसँगको संक्षिप्त भेटमा केन्द्रित रहेको बताए । उनले बालेनको उपस्थितिले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा थप उत्साह र हौसला बढेको उल्लेख गरे।
डडेलधुरामा छोटो समय बिताएका बालेन त्यहाँबाट बैतडी गएका थिए। बैतडीको पाटनमा पुगेर उनले समर्थकहरूलाई अभिवादन गर्दै पार्टी कार्यालयमा रहेको घण्टी बजाएका थिए। त्यहाँबाट दार्चुलाको गोकुलेस्वर स्थित पार्टी कार्यालय पुगेका उनी राती ८ बजे बझाङको बुङ्गल स्थित पार्टी कार्यालयमा पुगेका थिए।
पार्टी कार्यालयमा उनले फागुन २१ गतेको निर्वाचनका लागि रास्वपाका उम्मेदवारसँग कुराकानी गरेर फर्किएका थिए। अधिकांश ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी बजाउँदै अभिवादन गर्दै बालेन हिँडेका थिए। उनी यसअघि अछाम सम्मको यात्रामा निस्कने कार्यक्रम रहेको छ।
कुनै पनि ठाउँमा मन्तव्य नदिएका उनले डडेल्धुरामा पुगेर सामाजिक सञ्जालमा आत्मीय सन्देश व्यक्त गर्दै ‘सुदूर अब दूर नाइँ, झिकै झिकै माया तम्लाई !’ भन्दै स्ट्याटस लेखेका थिए। माघ ५ गते पहिलो चुनावी घोषणा कार्यक्रम गरेका बालेन त्यसयता देश दौडाहामा छन्।
माघ ६ गते झापाबाट मनोनयन दर्ता गरेर उनले भेटघाटलाई तीव्रता दिएका छन्। उनी माघ १० गतेसम्म पूर्वी जिल्लाको भ्रमण सकेर माघ १२ गते पश्चिम नेपालको यात्रामा निस्किएका थिए। माघ १२ काठमाडौँबाट हवाई मार्गमार्फत नेपालगन्ज पुगेका उनी माघ १३ बर्दिया ठाकुर बाबा दर्शन गरेर सुदूरपश्चिम आएका थिए।