ब्राउनसुगरसहित तीन जना पक्राउ

Thursday January 29, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ मोहनपुर स्थित सोही ठाउँ बस्न २० वर्षीय अजय राना ७५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन्। रानालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट बैलालीको गोदावरी नगरपालिका–४ बस्ने २५ वर्षीय लोकेन्द्र बोगटी १ ग्राम ४ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। बोगटीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उता बर्दगोरिया गाउँपालिका–२ कुम्भिया स्थित सोही ठाउँ बस्ने २३ वर्षीय शिशिर बम ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। बमलाई लागु औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि