बालेन शाहको सुदूर पहाडी जिल्लाकाे कार्यक्रम तालिका सार्वजनिक

Tuesday January 27, 2026

पढ्न लाग्ने समय :


धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमका पहाडी जिल्लाहरूको भ्रमणमा निस्कने भएका छन्। मङ्गलवार कैलाली र कञ्चनपुरमा चुनावी भ्रमण गरेका उनले कुधवारदेखि विभिन्न पहाडी जिल्लामा पार्टी कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गर्नेछन्।
बुधवार बिहान साढे ९ बजे डडेलधुराको तुफानडाँडास्थित राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यालयमा कार्यक्रम आयोजना हुनेछ। त्यसपछि दिउँसो १२ बजे बैतडीको पाटनस्थित पार्टी सम्पर्क कार्यालयमा सहभागी हुनेछन्। अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यक्रम तय गरिएको छ भने राति ८ बजे बझाङको बुङ्गलमा कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका रहेको छ।
पार्टीका अनुसार मौसम तथा यात्राका कारण कार्यक्रम समय ३० देखि ४५ मिनेट अगाडि वा पछाडि हुन सक्ने जनाइएको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका