रेशमको रिटमा सर्वोच्चले मगायो मिसिल
पढ्न लाग्ने समय :
धनगढी : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा फाइल अर्को सुनुवाइमा पेस गर्न आदेश गरेको छ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि छलफलमा बाोलाएको छ। तर चौधरीले सुरुमै अन्तरिम आदेशको माग गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको हो। साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित १५ गते हुन भनिएको छ।
कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए। टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।