धनगढीको १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

Sunday January 18, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी उपमहानगरपालिकाको आयोजनामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२आजदेखि सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा २६ सामुदायिक र २० संस्थागत विद्यालय सहभागी रहेका छन्।

माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी रङ्गशालामा आयोजित उद्घाटन समारोहमा बोल्दै उपमहानगरपालिकाका मेयर गोपाल हमालले खेलकुद जित-हारमा मात्र सीमित नभई स्वास्थ्य र जीवनशैलीसँग जोडिनुपर्ने बताए।

मेयर हमालले भने, ‘खेलकुद जित्नका लागि मात्रै होइन, स्वस्थ जीवनका लागि खेल्नुपर्छ। खेलकुद सधैँको लागि हुनुपर्छ।’ उनले आगामी दिनमा खेलकुद मैदान निर्माणमा उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थान सुनिश्चित गर्न सबै विद्यालय र विद्यार्थीलाई सचेत रहन आग्रह गरे। ‘खेलकुद विद्यार्थीका लागि मात्रै होइन, सबैका लागि आवश्यक छ,’ उनको भनाइ थियो।

उद्घाटन समारोहमा उप-प्रमुख कन्दकलाकुमारी रानाले खेल र खेलाडीको दीर्घकालीन विकासका लागि उपमहानगरपालिका सधैँ साथमा रहेको बताइन्। उनले खेलकुदले अनुशासन, नेतृत्व र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै विद्यार्थीलाई खेलमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रमुख रानाले प्रतियोगिताको उद्घाटन गरेकी हुन।

प्रतियोगितामा सामुदायिक विद्यालयका एक हजार १८६ तथा संस्थागत विद्यालयका ४४७ जना खेलाडी विद्यार्थीले भाग लिने छन्।

प्रतियोगितामा एथलेटिक्स, सामूहिक तथा व्यक्तिगततर्फ ६ वटा विधामा ५२ वटा इभेन्ट हुने छन्। समावेश गरिएका छन्।

उद्घाटन समारोहमा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका