सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

Sunday January 18, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन्।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एक/एक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन्।

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ।
प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएको छ।

एमालेका अनुसार कैलाली–१ बाट द्वारिका न्यौपाने, कैलाली–२ बाट सूर्यबहादुर थापा, कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कैलाली–५ बाट यज्ञराज ढुङ्गाना उम्मेदवार बनेका छन्।
कञ्चनपुर जिल्लाको क्षेत्र नाबर –१ बाट कमला बोहरा, क्षेत्र नम्बर २ बाट वचनबहादुर सिंह र क्षेत्र नम्बर ३ बाट दीपक भट्टलाई एमालेले उम्मेदवार बनाएको छ। प्रदेश सभा सदस्य धर्मराज पाठकले सामाजिक सञ्जालमा राखेको विवरणमा अछाम १ बाट झपटबहादुर बोहरा र २ बाट यज्ञ बोगटी उम्मेदवार बनेका छन्।

बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही र बझाङबाट अफिलाल ओखेडाको उम्मेदवार बन्ने भएका छन्। बैतडी जिल्लाबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नालाई एमालेले टिकट दिने भएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।