कैलालीका पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Saturday January 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका पाँच वटै क्षेत्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्लामा रहेका पाँच वटा निर्वाचन क्षेत्रहरुमा कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी उपमहानगरपालिकामा रहेको स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कार्यालयहरु स्थापना गरिएको हो। कार्यालय स्थापना भएसँगै अब निर्वाचनका लागि आवश्यक तयारीहरु पनि सुरु गरिने प्रदेश निर्वाचन कार्यालय, कैलालीले बताएको छ। जसमा मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका कामकारबाहीहरु गरिने छ ।

कैलालीमा कुल पाँच लाख ५१ हजार ५२ मतदाता संख्या रहेका छन। जसमा महिला मतदाताको संख्या २ लाख ८० हजार २४३ रहेको छ भने पुरुष मतदाताको संख्या २ लाख ७० हजार ७९८ रहेको छ। त्यसबाहेक ११ जना अन्य मतदाता रहेका छन।ं जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार ५ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी मतदाता संख्या निर्वाचन क्षेत्र नं. ४ मा रहेका छन भने सबै भन्दा कम निर्वाचन क्षेत्र नं. २ मा रहेका छन। निर्वाचन क्षेत्र नं. ४ मा एक लाख १५ हजार १४३ मतदाता संख्या रहेको छन्।

सबै भन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र नं. २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेका छन। त्यस्तै निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ८ हजार ४९१ मतदाता, निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ९ हजार १२२ मतदाता, निर्वाचन क्षेत्र नं. ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका छन्।


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।