कैलालीका संग्रामेले गरे जन्मदिनमा आँखा दान
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको गोदावरी नगरपालिका– ८ का संग्रामे दमाईले जन्मदिनको अवसरमा आँखा दान गरेका छन्। उनले आफ्नो ८९ औँ जन्मदिनको अवसरमा नेत्र दान गरेका हुन। शनिवार घरमै परिवारसँग जन्मदिन मनाउने क्रममा गेटा आँखा अस्पताललाई नेत्र (आँखा) दान गरेको घोषणा गरिएको थियो।
संग्रामेका नाति नरेश नेपालीले परिवारकै ज्येष्ठ नागरिक हजुर बुवाले पुण्यको काम गरेर जन्मदिन मनाउने सोचका साथ जन्मदिनमा नेत्र दान गर्ने घोषणा गरेको बताए। ‘जन्मदिनको अवसरमा पुण्यको काम गर्ने हजुर बाजेको चाहना अनुसार मृत्यु पश्चात् नेत्र दान गर्ने घोषणा गर्नुभएको थियो’ स्वास्थ्यकर्मी समेत रहेका उनले भने ‘मृत्यु पश्चात् जलेर नष्ट भएर जाने आँखा दान गर्न सकेमा अरू २ जनाले आँखा देख्न सक्छ।’
उनले आँखा दान भन्दा ठुलो पुण्यको काम अरू नभएको बताए नेत्र दानका लागि गेटा आँखा अस्पताल सँग सम्झौता भइसकेको उनले बताए। नत्र दान सहित मनाइएको जन्मदिनमा आफन्तहरूको ठुलो सङ्ख्यामा स्थानीयको सहभागिता रहेको थियो।