विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

Saturday January 17, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका छन्।
सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरे। आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपियाँ दिने घोषणा समेत शर्माले गरेका थिए।
डा. शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राखेका छन्।
चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताए। उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरेका छन्।
यसपल्ट नेपाली टोलीले देशलाई गर्व गर्न लायक बनाउने उनको विश्वास छ। क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए।


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका