सुदूरपश्चिममा राष्ट्रि सभा निर्वाचनका लागि चार जनाको उम्मेदवारी

Wednesday January 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय, धनगढीमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका खम्मबहादुर खातीले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस र एमालेबिच भएको सहमतिअनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्र बहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेकी लीला भण्डारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टीकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार बनाएको हो। भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभा सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्ने छन्। सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय भएपनि एक जना निलम्बनमा रहेका छन्। प्रदेशका ८८ वटै स्थानीय तहहरूबाट नगर प्रमुख, उप प्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूले मतदान गर्ने छन्। स्थानीय तहहरूबाट एक सय ७५ जनाले मतदान गर्ने छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी र बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष सान्ती नाथ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।