सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च कैलालीमा

Tuesday January 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च कैलालीमा प्रवेश गरेको छ। पश्चिमबाट पूर्व तर्फ हिडेको झण्डा मार्च कैलाली जिल्लामा प्रवेश गरेको हो।

सशस्त्र प्रहरीको रजत महोत्सवको अवसरमा झण्डा मार्चको आयोजना गरिएको सशस्त्र प्रहरीले बताएको छ। सशस्त्र प्रहरी, कञ्चनपुरले मङ्गलवार कैलालीलाई झण्डा हस्तान्तरण गरेको हो। कञ्चनपुरको डोकेबजारमा आयोजना गरिएको कार्यक्रममा कैलाली जिल्लालाइ झण्डा हस्तान्तरण गरिएको छ। कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले झण्डा मार्च गर्ने छ।

सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको थियो। रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको हो।

सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सङ्गठनभित्रको समन्वय, टोलीको भावना सुदृढ गर्ने, सीमा क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क अभिवृद्धि गर्न सशस्त्र प्रहरीले मार्चपास आयोजना गरेको जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।