कैलालीको अत्तरिया बजारमा जताततै गाई–गोरु

Monday January 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरिया बजारमा जताततै गाई–गोरु भएका छन्। गोदावरी नगरपालिका क्षेत्रका गौशालामा राखिएका गाई गोरु छोडिएपछि अहिले बजार भरी जताततै देख्न थालिएका हुन्।

गौशालामा गाई गोरु मर्न थालेको भन्दै स्थानीयले गाई गोरु गौशालाबाट बाहिर निकालेपछि अहिले अत्तरिया बजार आसपासका क्षेत्रमा जताततै देखिन थालेका छन्। सडकमा छाडा चौपाया आउँदा सवारी दुर्घटनाको जोखिम समेत बढेका छ। गोदावरी नगरपालिकाले चार महिना अघि गोदावरी नगरपालिका– ७ मा गौशाला निर्माण गरेपछि बजारमा छाडा चौपाया देखिन छोडेका थिए।

तर, नगरपालिकाले ५० चौपाया अटाउने क्षमताको निर्माण गरेको गौशालामा एक हजार बढी गाई गोरु राखिदा दैनिक जसो मर्न थालेका थिए। घाँस र पानीको पनि उचित व्यवस्थापन गर्न नसकेपछि स्थानीयले गौशालामा गाई गोरु तड्पिएर मर्न थालेको भन्दै बाहिर निकालेका हुन्।

 


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।