धनगढीसहित चार स्थानीय तहमा दोस्रो चरणको क्षेत्रीय सहरी सडक निर्माणको सम्झौता

Monday January 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरुमा क्षेत्रीय सहरी विकास आयोजनाको दोस्रो चरणको काम सुरु हुने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकाका ३३ वटा सडकहरु कालोपत्रको ठेक्का सम्झौता गरिएको हो।

२०८२ पुष १६ गते सडक निर्माणको सम्झौता गरिएको छ। निर्माण कम्पनीहरुले १५ महिनामा सडक निर्माणको काम पूरा गर्ने छन्।

क्षेत्रीय सहरी विकास आयोजना र केएस कन्स्ट्रक्सन बिच धनगढीका चार वटा सडक कालोपत्रका लागि सम्झौता भइसकेको छ। सम्झौता अनुसार धनगढीमा ६ दशमलव ४६५ किलोमिटर सडक कालोपत्र हुने छ। आयोजनाका अनुसार धनगढी गाउँ बेली, पार्कमोड– ग्यालेक्सी स्कुल, पुरानो गोवर ग्याँस सडक र पुरानो हसनपुर–यूएन सडक कालोपत्रे हुने आयोजनाका सूचना अधिकारी इन्जिनियर शौरभ कलौनीले बताए। उनले भने, ‘क्षेत्रीय सहरी विकास अन्तर्गत चार वटा नगरपालिकामा कार्यक्रम हो। धनगढीको ३१ करोड २७ लाखमा केएससँग सम्झौता भएको छ।’

त्यस्तै, गोदावरी नगरपालिकामा आठ किलोमिटर सडक कालोपत्र गर्न ३२ करोड ५९ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ। गोदावरीमा अत्तरिया चक्रपथ, भट्ट किराना पसलदेखि फलटुँडे, गेटा, र चौकीडाँडा सडक कालोपत्रे हुनेछन् । त्यस्तै, विद्यालय क्षेत्रको सडक, लालपुर–गौडी, सालघारी र शान्ति मार्ग सडक पनि कालोपत्र हुनेछन् । गोदावरी नगरपालिकामा ८ दशमलव २३ किलोमिटर कालोपत्रे हुने आयोजनाका सूचना अधिकारी कलौनीले बताए। उनले भने, ‘केएस/एनएस/पिसीपीयल जेभीसँग गोदावरीका सडक निर्माणको सम्झौता भएको हो।’

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छ दशमलव ८६ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। शुक्लाफाँटामा चार वटा सडक कालोपत्रको लागि केएस कन्स्ट्रक्सनसँग २८ करोड ७८ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ। शुक्लाफाँटामा झलारी–पिपलाडी, नगरपालिका–कालापानी, झलारी–फूलेली र कालिका स्कुलदेखि दक्षिणी क्षेत्रको सडक कालोपत्रे हुने छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा १७ वटा सडक कालोपत्र गर्न सम्झौता प्रक्रिया अघि बढेको छ। आयोजनाले फुदुङ/खड्का/कृष्ण जेभीसँग आठ दशमलव १४ किलोमिटर सडक कालोपत्र गर्न ३८ करोड ६३ लाख ८५ हजारमा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ।

आयोजनाको दोस्रो चरणमा कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरूमा साढे २९ किलोमिटर नयाँ सडक कालोपत्र गरिने जनाइएको छ। पहिलो चरणमा धनगढी उपमहानगरपालिका क्षेत्रमा १० किलोमिटर सडक कालोपत्र गरिएको थियो। धनगढीसहितका चार स्थानीय तहमा फोहोर मैला व्यवस्थापनको काम पनि गरिएको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका