प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने बारे छलफल हुदैछ:मन्त्री पुन

Monday October 20, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने बारे छलफल भइरहेको बताउनु भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाले अहिलेसम्म विशवविद्यालयको कुलपति प्रधानमन्त्री हुने चलन रहेकोमा अव परिवर्तन गर्नेबारे छलफल जारी रहेको बाउनु भयो । विश्वविद्यालयको कुलपति सम्बन्धी वयवस्था परिवर्तन गर्न कानुनी व्यवस्था गर्नुपर्ने उहाले बताउनु भयो । अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उहाले उल्लेख गर्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुनः परीक्षा गर्न खर्चिलो हुने बताउनु भयो । आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न एक करोड ७५ लाख खर्च हुने मन्त्री पुनको भनाई छ ।
उहाले आन्दोलनका क्रममा विभिन्न प्रदेश र जिल्लाका उत्तरपुस्तिका बारे विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।


भर्खर

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।

हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको