निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुग्यो

Monday October 20, 2025

पढ्न लाग्ने समय :


निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए। जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ। १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ।

सूचना अधिकारी घिमिरेका अनुसार १२४ दल दर्ता भएका छन्। निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ।

यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन्। जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ। नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ।

दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन्।

राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको यो चिन्ह फेर्न आयोगले आग्रह गरेको छ।

राष्ट्रिय परिवर्तन पार्टी दल दर्ताको प्रक्रियामा छ। यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको छ।

नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ। यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन्। चुनाव चिन्ह सिक्का रहेको छ।

त्यसैगरि नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन्।श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन्। गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन्।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका