नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Wednesday October 8, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सो पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो । पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ ।

एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।

स्रोतका अनुसार एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ । यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरिएको बताइएको छ ।

यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै मधेस प्रदेशमा सत्ता परिवर्तनको चर्चा तीव्र बनेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।