बर्दियामा बालिकाको हत्या गरी शव गाडिएको अवस्थामा फेला

Tuesday October 7, 2025

पढ्न लाग्ने समय :


बर्दियामा एक बालिकाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । गेरुवा गाउँपालिका–५ झबही गाउँकी १० वर्षीया एन्जल भनिने भारती देउवाको शव गुडीखोलाको किनारामा गाडिएको अवस्थामा फेला परेको हो ।

एन्जलको शव घरदेखि झन्डै २ किलोमिटर उत्तरमा खोजी गर्ने क्रममा सोमबार दिउँसो फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिनु भयो । एन्जल असोज १७ गते दिउँसो गणेशपुरस्थित आफन्तको घरमा बिहेमा सहभागी हुन गएकी थिइन्। त्यहाँ पुगेपछि उनी पुनः कपडा फेरेर आउँछु भनेर घरतर्फै फर्केकी बताईएको छ । जिन्स लगाएर गएकाले त्यहाँ पुगेपछि आमालाई फोन गरेर कपडा फेर्न आउँछु भनेर साइकलमा फर्किएकी उनी त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । बेलुकीसम्म घर नफर्किएपछि एन्जलका बुवा प्रकाश देउवाले राति सवा ९ बजेतिर प्रहरीलाई खबर गर्नु भएको थियो ।

डिएसपी बोहराका अनुसार खोजी गर्ने क्रममा असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका–५ मुलपानी गुडीखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल फेला परेको थियो। स्थानीय र प्रहरी मिलेर मुलपानी क्षेत्रको एउटा इन्टेकको पानी सुकाएपछि एन्जलको पहेँलो रंगको साइकल फेला परेको थियो। त्यसपछि प्रहरी र स्थानीय मिलेर आसपासको झाडी सफा गर्दा एन्जलले लगाउने चप्पल फेला परेको डिएसपी बोहोराले जानकारी दिनु भयो ।

थप खोज र अनुसन्धानकै क्रममा असोज २० गते पौने ४ बजेतिर गुडीखोलाको किनारामा गाडिएको अवस्थामा एन्जलको शव फेला परेको हो। ‘खोला छेउमै जमिनको सतहभन्दा केही मुनि हल्का पुरिएको अवस्थामा बालिकाको घोप्टो अवस्थामा शव फेला परेको हो । डिएसपी बोहोराले भने, ‘गाडिएको स्थानमा चिरा परेको देखेपछि स्थानीयले खबर गरेका थिए। प्रहरीका अनुसार शव सोमबार नै पोस्टमर्टमका लागि बर्दिया जिल्ला अस्पताल पु¥याइएको थियो।

प्रहरीले घट्ना अनुसन्धानका लागि सोधपुछ तिब्र बनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका