सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

Tuesday October 7, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ।आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो। जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

आगजनी र तोडफोडबाट प्रदेश सभाका ९० प्रतिशत संरचना नष्ट भएको छ । मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेश सभा बैठकको सम्बन्धमा अहिलेसम्म कुनै पनि टुङ्गो नलाइएको सभामुख भीमबहादुर भण्डारीले बताए। प्रदेश सभामा आगजनी र तोडफोड भएको एक महिना पुग्न लागे पनि मर्मतको काम अझै सुरु भएको छैन।

मर्मतको कार्य अगाडि बढाउन छलफल भइरहेको भन्दै सभामुख भण्डारीले मर्मत नगरिकन प्रदेश सभा बैठक सञ्चालन गर्र्न नसकिने उल्लेख गरे। उनले थपे, ुठाउँ नै छैन, कहाँ बसाउने रु अब सबै काम तिहारपछि मात्रै हुन्छ।ु प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी र तोडफोड गरेपछि नीति निर्धारण तथा कानुन निर्माण जस्ता महत्वपूर्ण कार्य गर्ने यो संस्था बन्द रहने समय अझै लम्बिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।