जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि मन्त्रीद्वय घिसिङ र अर्याल शवयात्रामा सहभागी ।

Tuesday September 16, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार अन्तिम दाहसंस्कार गरिएको छ । अन्त्येष्टिअघि ज्यान गुमाएकाहरुका परिवार सदस्य, आफन्त तथा सर्वसाधारणले शवयात्रा निकालेका छन् ।

जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुको अन्तिम दाहसंस्कारअघि निकालिएको शवयात्रामा उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

मंगलबार शिक्षण अस्पतालबाट निकालिएको शवयात्रामा ऊर्जामन्त्री घिसिङ गोपीकृष्णहलबाट र गृहमन्त्री अर्याल चाबहिल चोकबाट शवयात्रामा सहभागी भएका हुन् । शवयात्राका क्रममा मन्त्री कुलमानले राष्ट्रिय झण्डा बोकेका थिए भने गृहमन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढेका थिए ।

त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको छ । शवयात्रामा सहभागीहरुले मृतकका तस्वीर र राष्ट्रिय झण्डा बोकेका छन् ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुका साथै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरिसकेको छ ।

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ७२ जनाको मृत्यु भएको छ । धेरैजसोको गोली लागेर मृत्यु भएको छ । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका थिए ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका