अर्थमन्त्रीको सपथ ग्रहणमा शालिकराम जंगिएपछि….

Monday September 15, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते ।

नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार पदभार गर्ने क्रममा अर्थ मन्त्रालयमा केहीबेर हंगामा भएको छ ।

पदभार ग्रहणसँगै मन्त्रालयका सचिव घनश्याम उपाध्याय, सहसचिवहरु तथा उच्चपदस्थ कर्मचारीसँग परिचयात्मक कार्यक्रममा अचानक पर्वतका शालिकराम पौडेल जंगिएका थिए । परिचयात्मक कार्यक्रममा मन्त्री खनालले आफ्ना धारणा व्यक्त गरिरहँदा सुनेर बसेका शालिकरामले मन्त्रीको कुरा सकिएपछि मन्त्री नजिकै आएर आफ्नो आक्रोस पोखे ।

उनले मन्त्रीसँग प्रशन गर्दै भने– यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा उहा (घनश्याम उपाध्याय) नै अर्थसचिव हो नि । यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?
शालिकराम धाराप्रवाह बोलिरहँदा सुरक्षाकर्मीले रोक्न खोजेका थिए । अर्थमन्त्रीले शालिकरामलाई त्यसबारे अहिले नै निर्णय भइसकेको बताए । उनले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको भन्दै सम्झाउने प्रयास गरेका थिए ।

शालिकरामलाई सुरक्षाकर्मीले बाहिर लग्न खोजेपछि उनले फेरि भने– सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ । हामीले पनि आन्दोलन गरेका हौं । हामी त्यसै आएका हौं र ? तपाईं त्यसै मन्त्री भएको हो र ? सुरक्षाकर्मीले थप रोक्न खोज्दै गर्दा उनले अर्थमन्त्रीलाई भने– पहिला उहाँ (अर्थसचिव उपाध्याय) लाई फेर्नुपर्छ, कहिले फेर्ने हो, फेर्नुस् ।

सोमबार मध्यान्ह पद तथा गोपनियातको सपथ ग्रहण गरेका अर्थमन्त्री खनालले पदभार ग्रहण गरेपछि पहिलो निर्णय नै पूर्वतयारी नभएका र टुक्रे योजना कार्यान्वयन नगर्ने, राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने लगायतका निर्णय गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।