पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन गरिँदैन– अर्थमन्त्री

Monday September 15, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते ।

अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्ने क्रममा अर्थमन्त्री खनालले पहिलो निर्णय गर्दै पूर्वतयारी नभएका आयोजनाहरु कार्यान्वयन नगर्ने बताएका हुन् ।
उनले भने– अबको प्राथमिकता युवाहरुका माग पूरा गर्नु नै हो । हामीलाई समयमै निर्वाचन गर्नुछ, त्यसैले खर्च कटौती गर्न यो निर्णय गरेका छौं । नवनियुक्त अर्थमन्त्री खनाललाई अर्थ मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । उनले धेरै युवाहरूको बलिदानपछि मुलुकमा ठूलो परिवर्तन आएको बताए । भने– युवाहरुको यो नासोलाई पूरा गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ ।

अर्थमन्त्री खनालले आफूले ६०÷७० जनाको अनुहार चिनेको बताए । भने– अहिले हामी अर्कै भूमिकामा छौं । यो अवस्था करिब एक सय जना युवाले ज्यानको बलिदान दिएर आएको हो । आन्दोलनका क्रममा विध्वंस पनि भएको उल्लेख गर्दै उनले तर, यो सबै ठूलो परिवर्तनका लागि यो भएको बताए ।

अर्थमन्त्री खनालले ‘युवाहरुको प्रमुख माग नै मुलुकको भ्रष्टाचार पूरै अन्त्य हुनुपर्छ भन्ने” रहेको बताए । उनले भने– हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस छैन । जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन । हामी सच्चिनै पर्छ । यो आवेशमा भनिएको होइन । गल्ती गरेपछि अब कर्मचारीले माया पाउदैनन् । यो एजेन्डा मेरो होइन, राष्ट्रको हो । मुलुकको भविष्यका लागि युवाको यो चाहना पूरा गर्ने हो ।

अर्थमन्त्री खनालले अब सिंहदरबार सहित सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नु पर्ने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।