भौतिक संरचना आक्रमणको छानबिन गर्न शक्तिशाली आयोगको माग

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौ, भदौ २९ गते । कानून व्यवसायीहरूले जेनजी आन्दोलनको क्रममा सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीको सम्बन्धमा शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । दुई दिनको आन्दोलनको क्रममा मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवनलगायत सरकारी तथा निजी संरचना जलेर ध्वस्त भएका थिए । सरकारी संरचनामा भएको तोडफोड तथा आगजनी विषयमा छानविन गरी दोषिलाई आवश्यक कारबाही गर्न कानून व्यवसायीहरूले अन्तरिम सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतवार सर्वोच्च परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सर्वोच्च अदालतको संरचनामाथि भएको आक्रमण न्यायको पवित्र मन्दिर र जनतामाथिको आक्रमण भएको बताए । उनले आन्दोलनको नाममा अदालतका भवनहरूमा आक्रमण गरी जनतालाई न्याय पाउने अधिकारबाट वञ्चित गर्न खोजिएको उल्लेख गरे ।

नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले तत्काल न्यायिक काम कारबाही प्रक्रिया अगाडि बढाउन असम्भव जस्तै भएको बताए । उनले जेनजी पुस्ताको आन्दोलनको उद्देश्य विपरित सर्वोच्च लगायत सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीको निन्दा गरे । अधिवक्ता कमल कोईरालाले संकटको अवस्थामा समेत सर्वोच्च अदालतले काम सुचारु गरेर न्यायालय नागरिकसँगै रहेको सन्देश दिएको बताए । सबै निकायहरू यसरी नै एकजुट भएर विसम परिस्थितबाट माथि उठ्न जरुरी रहेको उनको भनाई छ ।

यसैबीच आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आईतवारदेखि सेवा शुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर काम शुरु गरेको हो ।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ