चुच्चेपाटी भाटभटेनीमा ६ वटा शव बरामद

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २९ गते । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएका छन् । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

कंकालका रुपमा भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने एसएसपी अधिकारीले बताए । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएपछि २४ गते आन्दोलन उग्र बनेको थियो । सोही क्रममा सरकारी, सार्वजनिक, र निजी व्यापारिक प्रतिष्ठानमा आक्रमण, तोडफोड र आगजनी गरिएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।