Saturday September 13, 2025

पढ्न लाग्ने समय :


प्रतिनिधि सभा विघटनको राजमोद्वारा विरोध
न्युज नेपाल समाचार

धनगढी, भदौ २८ गते । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णय गलत भएको भन्दै विरोध गरेको छ । शनिबार पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका हुन् ।

“संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो” विज्ञप्तीमा जेनजी आन्दोलनका अगुवाहरूको मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको आरोप समेत लगाएको छ । विज्ञप्तीमा– जेनजी आन्दोलनलाई राजावादीहरूले समेत आफ्नो पक्षमा लैजाने कसरत गरेको दाबी गर्दै तर उनीहरू त्यसमा सफल हुन नसकेको उल्लेख छ ।

जनमोर्चाले संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद्को विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नहुने भन्दै गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।