नयाँ सरकार बनेपछि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले बोली फेरे

Saturday September 13, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २८ गते ।

जेनजी आन्दोलन उग्र बनेपछि भदौ २४ गते पदबाट राजीनामा घोषणा गरेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा मात्रै राजिनामा दिएको दाबी गरेका छन् ।

शनिबार उनले भने– जनधन तथा सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भने म तयार छु भनेको थिए । त्यो दिन प्रदेश प्रमुख हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थे ।

तर, मुख्यमन्त्री सिंहले गरेको पोष्टमा आफूले पदबाट राजिनामा दिएको उल्लेख छ । उनको फेसबुक पेजमा उल्लेख छ– नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।
तर, त्यसको चार दिनपछि कुरा फेर्दै उनले भनेका छन्– सिस्टम चेन्जको म स्वागत गर्छु । तर, राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन नि !’

भदौ २४ गते फेसबुकमार्फत राजिनामा दिएका मुख्यमन्त्री सिंहले अहिले स्थिति सामान्य बन्दै गएपछि बोली फेरेका छन् । उनले आफूसँग कसैले राजिनामा नमागेको र आफूलाई मात्र नैतिकताको सवाल नउठ्ने जिकिर गरे ।

भदौ २४ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनपछि उनले फेसबुकमा वक्तव्य लेख्दै राजीनामा गरेको घोषणा गरेका थिए । तर उनले अहिलेसम्म प्रदेश प्रमुको कार्यालयमा लिखित राजीनामा बुझाएका छैनन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।