त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सन्चालमा आएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनले विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित सुचारु बताए ।

आन्तरिक उडानको हकमा भने निजी वायुसेवा कम्पनी र सम्बन्धित विमानस्थलको आवश्यकताअनुसार त्रिभूवन विमानस्थलबाट उडान गर्न सकिने उनको भनाई छ । उनले भैरहवा विमानस्थल बाहेक अन्य विमानस्थलमा उडान गर्न कुनै समस्या नभएको पनि बताए ।

हवाई उडानको लागि विमानस्थल आउने यात्रुहरुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयको जानकारी लिएर मात्रै आउन आग्रह गरिएको छ । विमानस्थलमा जाने यात्रुहरुलाई हवाई टिकट र आफ्नो परिचय खुल्ने कागजात बोकेर जान पनि आग्रह गरिएको छ । त्रिभूवन विमानस्थलमा मंगलवारदेखी हवाई उडान प्रभावित भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।