अन्तरिम सरकारको नेतृत्वको लागि पूर्वप्रधानन्यायधीस कार्कीको नाममा सहमति बन्दै

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

जेनजी प्रतिनिधिहरुले नेपाली सेनाको सहजीकरणमा हुने वार्तामा समुहका तर्फबाट अभिभावकत्व लिइदिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आग्रह गरेका छन् । यसअघि धेरै समूहमा बाँडिएका जेनजी समुहको बुधबारबारको भर्चुअल छलफलमा पूर्वप्रधानन्यायधीयकार्कीलाई अभिभावकत्व ग्रहण गरिदिन आग्रह गर्ने समझदारी बनेको बताइएको छ ।

करिब ३२ सय जना सहभागी भर्चुअल छलफलमा कार्कीलाई अब बन्ने अन्तरिम सरकारको नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेको बताइन्छ । छलफलमा अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति पूर्वप्रधानन्यायधीस कार्की नै हुनेमा लगभग सहमती बनेको जेनजीहरूको भनाई छ ।

छलफलमा अन्तरिम सरकारको नेतृत्व गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिले गर्नुपर्ने र राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि संवाद गर्न सक्ने व्यक्तिबारे छलफल भएको बताइन्छ ।

जेनजीहरूको समूहका ७ हजार ७१६ जनाले सामाजिक सञ्जालमै गरेको मतदानमा ५० प्रतिशतभन्दा धेरैले पूर्वप्रधानन्यायधीस कार्कीको पक्षमा मत व्यक्त गरेको पनि बताइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।