सुदूरपश्चिमका सीमानाकामा कडाई

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

नेपालको राजनीतिक अवस्था अनिश्चित भएसँगै भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीले राजिनामा दिनुका साथै देशभर व्यापक हिंसा, तोडफोड र आगजनी, लुटपाट र आगजनीका घटनाहरुमा बृद्धि भएका छन् ।

प्रशासनले सीमानाकाबाट हुनसक्ने सम्भाव्य अबाञ्छित र अपराधिक गतिविधि नियन्त्रण गर्न चेकजाँचमा कडाई गरेको छ । कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाकामा बुधबार बिहानदेखि चेकजाँच कडा पारिएको छ ।
भारतका विभिन्न शहरबाट घर फर्किने नेपाली नागरिकलाई परिचयपत्र अनिवार्य गरिएको छ । त्यस्तै, भारततर्फ जानेहरुलाई आधार कार्ड लगायतका कागजपत्र अनिवार्य गरिएको छ । भारततर्फ पनि सुरक्षाकर्मीहरुले नेपालीहरुलाई नेपाली परिचयपत्र चेकजाँच पछि मात्र जान दिएका छन् ।

मंगलबार जेनजी प्रदर्शनकारीहरुले कारागारमा आक्रमण गरेपछि कैलालीसहित सुदूरपश्चिमका ८ जिल्ला कारागारका करिब एक हजार चार सय कैदीबन्दी भागेको बताइएको छ । भागेका कैदीबन्दीहरु भारततर्फ जान सक्ने भन्दै सीमानाकामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
कैलालीमा अहिले अनिश्चितकालीन कफ्र्यु लागेको छ । नेपालका निषेधाज्ञा र कफ्र्यू लागेका कारण भारतबाट घर फर्किनेहरू बाटो मै अलपत्र परेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।