सुनसान, धनगढी शहर

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

जेनजी प्रदर्शनका क्रममा तनावग्रस्त सुदूरपश्चिम प्रदेशका राजधानी धनगढी शहर अहिले सुनसान बनेको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरुको हिंसात्मक र आक्रामक प्रदर्शनपछि स्थिति निकै तनावग्रस्त बनेकोमा बुधबार बिहानदेखि केही सामान्य बनेको छ ।
मंगलबार रातीदेखि नेपाली सेना परिचालन भएको छ । सेनाले अहिले विभिन्न स्थानमा गस्ती गरिरहेको छ । सडकमा फाटफुट रुपमा मोटरसाइकल र अटोरिक्सा चलेका छन् । मुख्य बजारहरु प्रायः बन्द छन् । भित्रि सडकमा साना किराना पसल र भोजनालय वा नास्ता पसलहरु फाटफुट रुपमा खुलेका छन् । स्थानीय प्रशासनले कैलाली जिल्लाभरी अनिश्चितकालीन कफ्र्यु लागू गरेको छ ।

मंगलबार जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक आक्रमणमा मुख्यमन्त्री कार्यालय, प्रदेश सभा, मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु ध्वस्त भएका थिए । उग्र बनेका प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालयहरुमा समेत तोडफोड र आगजनी गरेका थिए । दर्जनौ सरकारी गाडीहरु जलाइएका थिए । धनगढी विमानस्थलमा समेत केही गाडीहरु जलाइएका थिए ।

कतिपय कार्यालयमा बुधबार विहानसम्म पनि आगो बलिरहेको थियो । प्रदेशसभा सचिवालय, जिल्ला समन्वय समितिको कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय जलेका छन् । प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालय, भन्सार, यातायात, मालपोत र नापी कार्यालय लगायत दर्जनौ सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।