मेयर बालेनद्वारा संयमित हुन आग्रह

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ सहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यो आन्दोलन जेनजीको भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकोले संयमित हुन अपिल गरेका छन् ।

मेयर बालेनले देशको नेतृत्व अब जेनजीको पुस्ताले गर्नुपर्ने भन्दै यसका लागि तयार हुन पनि भनेका छन् । सबैलाई संयमित अपिल गर्दै उनले भनेका छन्– तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्ने भएकोले तयार रहनु होला ।

मेयर बालेनले नेपाली सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुपर्ने उल्लेख गर्दै तर वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने शर्त पनि राखेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।